२५ पुस २०८२, शुक्रबार | January 10, 2026

विशेष महाधिवेशनको पक्षमा खुल्यो भोजपुर कांग्रेस,सबैलाई उपस्थित हुन अपिल


January 9, 2026
2.3k
Shares

भोजपुर । नेपाली कांग्रेस भोजपुर जिल्ला कार्य समिति पनि विशेष महाधिवेशनको पक्षमा उभिएको छ ।

जिल्ला सभापति सहित पदाधिकारीहरुले यही २७–२८ गते भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशनको कित्तामा उभिँदै सहभागिताका लागि सार्वजनिक आव्हान गरेका हुन् ।

साझा सहभागिताबाट मात्र कांग्रेसलाई थप बलियो, विश्वसनीय र जनमुखी बनाउन सकिने ठहरसहित कांग्रेसले अपिल गरेको हो ।

पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र समसामयिक राजनीतिक चुनौतीहरूबारे गम्भीर निर्णय लिने यस विशेष अवसर भएको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा जिल्ला सभापति विनोद बान्तवा, उपसभापति डम्बर श्रेष्ठ, कोषाध्यक्ष रविन राई, सचिव सफल किरात, सह(सचिव कर्णबहादुर मोक्ताले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया