विषेश महाधिवेशन व्यवस्थापन गर्न जेनजी युवा परिचालनको जिम्मेवारी सचिनलाई
काठमाडौं । सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसमा यतिबेला महाधिवेशन विवाद चर्किएको छ । संस्थापन पक्षले विशेष महाधिवेशनको औचित्य सकिएको भनिरहँदा विशेष पक्षधरहरूले महाधिवेशन व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन गरेको छ ।
विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने आह्वान गरेको छ ।
सँगसँगै विभिन्न १८ वटा उपसमिति गठन गरिएको जानकारी पनि गराइएको छ । उक्त उपसमितिका संयोजकहरू पनि तोकिएको समितिले जानकारी गराएको छ ।
व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, जेनजी युवा परिचालन लगायतका विभिन्न १८ वटा उपसमिति गठन गरिएको हो ।



