२८ चैत्र २०८२, शनिबार | April 12, 2026

काग्रेसले भन्यो : विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेदेखि सकियो


January 5, 2026
249
Shares

नेपाली कांग्रेसले विशेष महाधिवेशनको औचित्य मंसिर १५ गतेदेखि सकिएको स्पष्ट पारेको छ ।

पार्टीको गत पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

गत १५ गते बसेको बैठकले महाधिवेशनको कार्यतालिका सर्वसम्मत निर्णय गरी पार्टीको विधान बमोजिम महाधिवेशनको प्रक्रिया अघि बढी सकेको जानकारी दिदैं मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी पत्रमा लेखिएको छ–‘विधानबमोजिम समयमै नियमित १५ औं महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन’ भनी माग गरिएको विशेगा महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गते देखि नै स्वत समाप्त भएको व्यहोरा स्पष्ट गरिन्छ । ’

 

प्रतिक्रिया