युवा पुस्ताको भविष्य किन अन्योलमा छ ?
संजिव गुरुङ्ग । नेपालमा युवामा क्षमता, शिक्षा र ऊर्जा हुँदाहुँदै पनि
– राजनीतिक चेतनाको कमी,
– नीति निर्माणमा नागरिकको कमजोर पहुँच,
– र दल–नेतामाथिको अन्धविश्वासले युवालाई निर्णय प्रक्रियाबाट बाहिर राखिएको छ।
यही कारण युवाको भविष्य विदेशिने बाध्यता मा परिणत भएको छ, रहरमा होइन।
नागरिक चेतनाको अभाव . बिचौलियाको स्वर्णयुग
जब नागरिकले
– आफ्नो अधिकार चिन्दैन,
– प्रतिनिधिलाई प्रश्न गर्दैन,
– पाँच वर्षमा एक पटक मात्र राजनीति सम्झिन्छ,
त्यसैको फाइदा बिचौलिया, ठेकेदार, दलाल र शक्ति केन्द्र ले उठाउँछन्।
आज
– नीति बिचौलियाले बनाउँछन्,
– बजेट बिचौलियाले बाँड्छन्,
– र राज्य नागरिकभन्दा केही सीमित समूहको सेवा केन्द्र बनेको छ।
राज्य किन सङ्कटमा देखिन्छ ?
राज्य तब सङ्कटमा पर्छ जब—
– जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुँदैनन्
– भ्रष्टाचारलाई सामाजिक स्वीकृति दिइन्छ
– “हाम्रो मान्छे” भन्ने मानसिकता कानूनभन्दा माथि जान्छ
आज नेपालमा संविधानभन्दा दल बलियो,
कानूनभन्दा पहुँच बलियो,
नागरिकभन्दा बिचौलिया बलियो भएको अवस्था छ।
अब विकल्प के ?
यही अवस्थाबाट देश निकाल्न—
युवाले राजनीति छोड्ने होइन, कब्जा गर्नुपर्छ
स्वतन्त्र सोच, स्वतन्त्र उम्मेदवारी र नागरिक निगरानी अनिवार्य छ
शिक्षा, रोजगारी र न्यायलाई दलको होइन, राष्ट्रको एजेन्डा बनाउनुपर्छ
युवाले उठाएको प्रश्न नै परिवर्तनको सुरुवात हो।
राजनीति फोहोर छ भनेर भाग्ने होइन,
फोहोर सफा गर्न भित्र पस्ने समय आएको छ।
त्यसैले नुवाकोट क्षेत्र नम्बर १ मा मेरो स्वतन्त्र उम्मेदवारी रहनेछ।
(गुरुङ्गले नुवाकोट क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।)


