१८ पुस २०८२, शुक्रबार | January 2, 2026

हवाई जहाजको भाडादर घट्यो


January 2, 2026
332
Shares

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक उडानतर्फको इन्धन शुल्क घटाएको छ । हवाई इन्धनको भाउ घटेपछि प्राधिकरणले यस्तो सरचार्ज समायोजन गरेको जनाएको छ ।

नेपाल आयल निगमले बुधबार हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ कटौती गरेको थियो । यसको आधारमा प्राधिकरणले शुक्रबार नयाँ इन्धन शुल्क निर्धारण गरेको हो । योसँगै हवाई जहाजको अधिकतम भाडा दर घटेको छ ।

कुन रुटमा कति घट्यो मूल्य हेर्नुहोस् सूची

प्रतिक्रिया