१६ पुस २०८२, बुधबार | December 31, 2025

जिल्ला समन्वय समिति भोजपुरको प्रमुख राईले छाडे नेपाली कांग्रेस


December 31, 2025
830
Shares

काठमाडौं । भोजपुर जिल्ला समन्वय समितिको प्रमुख एवं नेपाली कांग्रेसका नेता कमल थुलुङ राईले पार्टी छाडेको घोषणा गरेका छन् ।

जिसस प्रमुखको पद पनि चाडै छाड्ने भन्दै पार्टीको क्रियासिल सदस्यता समेत त्यागेको घोषणा गरेका हुन्।

कांग्रेसले देशको विकास र जनचाहनाको सम्बोधन गर्न नसक्ने भन्दै उनले आफु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय व्यवस्थाको पक्षमा रहेको स्पष्ट पारेका छन् ।

कांग्रेसभित्र आफैंमात्र मालिक बन्नुपर्ने प्रवृत्ति हावी भएको, नीतिगत र संरचनागत सुधारको छाँटकाँट नदेखिएको समेत राईले आरोप लगाएका छन्।

‘यदि यही पद्धति र प्रवृत्तिबाट अझै पनि गुज्रिरहने हुँदा यो देशको विकास र जनचाहनाको सम्बोधन यो पार्टीले गर्न नसक्ने मेरो बुझाई रहेको र अब उप्रान्त म आफू अध्यक्षात्म शासन व्यवस्था प्रणाली अन्तरगत प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपति व्यवस्थाको पक्षमा रहेकोले आजका मितिबाट नेपाली कांग्रेस जिल्ला कार्यसमिति, क्रियाशील सदस्य र नेपाली कांग्रेस सदस्यबाट राजीनामा दिएको ब्यहोरा अनुरोध छ ।’–उनले भनेका छन् ।

उनी २०७९ सालको निर्वाचनमा माओवादीसहितको गठबन्धनबाट जिसस प्रमुख बन्न सफल भएका थिए । कांग्रेस त्याग्नुअघि नै उनी दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियान नेपालका केही कार्यक्रममा देखिएका थिए ।

 

प्रतिक्रिया