६ बुँदे समझदारीपत्रमा हस्ताक्षरसहित राप्रपा र राप्रपा नेपालबीच एकिकरण
काठमाडौं । आज हिन्दुवादी दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच पार्टी एकीकरण भएको छ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षरसहित एकता घोषणा गरिएको हो ।
सहमति पत्रमा राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका तर्फबाट अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन्। पार्टीको नाम राप्रपा नै रहनेछ भने पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन नै रहने छन् ।
पार्टीको विधान, झण्डा र चुनाव चिन्ह साविकको राष्ट्रिय प्रजातन्त्र पार्टीकै (हलो) कायम हुने सहमति भएको छ।



