रास्वपाको बन्दसुचीबारे तोसिमाको असन्तुष्ट,प्राईमेरी भोटिङकै धज्जी उडाएको आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवारका लागि निर्वाचन आयोगमा पेश गरेको बन्दसूची पार्टीभित्रै समेत विवादित बन्दै गएको छ ।
केन्द्रीय सदस्य तथा पूर्वसांसद डा। तोसिमा कार्कीले खुलारुपमा यो बन्दसूचीप्रति असहमत जनाएकी छन् ।
उनले प्राइमरी इलेक्सनको धज्जी उडाइएको टिप्पणी गरेकी छन् ।
पदाधिकारी र सचिवालयमा रहेकाहरूले समानुपातिकबाट नाम फिर्ता लिनुपर्ने समेत उनको मत छ ।
समानुपातिक को अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरुले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो। सुचिले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सुचिले कर्णाली बोल्नुपर्छ। सुदुर पश्चिम बोल्नुपर्छ। सुचिले गाउँ बोल्नुपर्छ। तर पार्टीको नेतृ्त्वका आफन्तहरु र पार्टीको भाईटल पोष्टमा हुनेहरु नै समानुपातिक सुचिको लागी आकाङ्क्षि हुनु र त्यहिँ आफ्नो स्पेस बनाउनुरबनाईनुले समानुपातिक प्रविधिको औचित्यमाथी नै प्रश्न गरेको छ। समानुपातिकले समावेश गराउनुपर्छ निषेध होईन १
फेरी विरोधि भएजस्तो सुनिएला तर पार्टीको सचिवालय सदस्य र पदाधिकारीहरु भनेको सधैँ पोसिसन अफ बेनिफिटमा हुन्छन्। चाहे प्राईमेरीको भोटिङमा होस् या ईभालुएसनमा। पार्टीको महाअधिवेशन नभएसम्मको अवस्थामा आजको दिन सम्म पदाधिकारी या सचिवालय दुबै निर्वाचन बाट बनेको होइन, पार्टी भित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सुचिमा १ त्यो पनि प्राईमेरी भोटिङकै धज्जी उडाउदै अग्रपङ्तिमा नाम सुरक्षित गरिने, यो प्रवृति पुराना दलभन्दा धेरै फरक देखिएन। मैले सधैँ भन्ने गरेको छु र फेरी पनि भन्छु,पार्टिको भाईटल पोसिसनमा बस्ने साथीहरुले प्रतक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ। अहिले त झन् पार्टी यति ठूलो भएको छ,
साथीहरु किन डराउनुभएको रु कति असुरक्षित महसुस गर्नुभएको रु सचिवालय सदस्य र पदाधिकारीहरु नै चुनाव लड्न डराउनुभयो भने अरुले के गर्ने रु हामीले साच्चिकै उदाहरणिय नेतृत्व गर्ने हो भने सबै पदाधिकारी तथा सचिवालय सदस्यहरुले आ(आफ्नो नाम समानुपातिकको सुचिबाट हटाएर प्रतक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्छ। साथै समानुपातिकको सुचिमा आफन्तवाद र नातावादलाई पूर्ण रुपले निषेध गरिनुपर्छ। जय घण्टी।



