१२ पुस २०८२, शनिबार | December 27, 2025

कांग्रेसको महाधिवेशन सर्ने, कार्यतालिका हेरफेर गरिदै


December 27, 2025
249
Shares

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिका हेरफेर हुने भएको छ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तोकेको समयमा नियमित महाधिवेशन सुनिश्चित गर्ने गरी कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको हो ।

पुस ८ गतेभित्र क्रियाशील सदस्यताको विषय टुङ्गिन नसकेको अवस्थामा अरू कार्यतालिका प्रभावित हुने भएकाले अर्को कार्यतालिका बनाउने विषयमा बैठक केन्द्रित रहेको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार वडादेखि केन्द्रसम्म नीति र नेतृत्व रूपान्तरण गरेर अघि बढ्नुपर्नेमा अधिकांश सदस्यहरूको धारणा थियो ।

प्रतिक्रिया