११ पुस २०८२, शुक्रबार | December 26, 2025

काठमाडौं–७ मा नेपाली कम्युनिस्ट पार्टीबाट कोइराला र लामा सिफारिस


December 26, 2025
332
Shares

काठमाडौं, ९ पुस । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ७ बाट आसन्न निर्वाचनका लागि शिव कोइराला (ज्वाला) उम्मेदवार सिफारिस भएका छन् ।

कोइरालाको नाम प्रत्यक्षतर्फ पहिलो नम्बरमा सिफारिस भएको छ ।

उनले माओबादी जनयुद्धको मोर्चा देखि २०६२ मा माओबादी खुल्ला राजनीतिमा प्रवेश गर्दा समेत तत्कालिन वाइसिएलको जिम्मेवारी सम्हालेका थिए ।

त्यसैगरी, सुजन लामा समानुपातिक तर्फ सिफारिस भएका छन् । उनी समाजसेवी एवं युवा ब्यबसायी समेत हुन् ।

नेपालको जेनजी आन्दोलन पश्चातको बदलिदो राजनीतिक अवस्थाको बीच नेपाली कम्युनिस्ट पार्टीले काठमाडौँबाट प्रत्यक्षतर्फ र समानुपातिक तर्फ युवा उम्मेदवार सिफारिस गर्नुले यो चुनावमा निकै महत्व राख्ने देखिएको नेताहरु बताउछन् ।

‘अब पालो युवा’को भन्ने कुराहरु देश भित्र उठीरहेको बेला लामाले भने– ‘अब बेला युवाको नभई सक्षम युवाको हो ।’

प्रतिक्रिया