हर्क सम्पाङले निलम्बन गरेका उपाध्यक्षलाई प्रचण्डले गरे स्वागत
काठमाडौं । हर्क सम्पाङले निलम्बन गरेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा। मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
उनलाई आज बिहान नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले हात्तीवनस्थित निवासमा पार्टीमा स्वागत गरेका हुन्।
बुटवलमा ५ पुसमा भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहार ठीक नभएको भन्दै अध्यक्ष साम्पाङले कारबाही गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए ।


