६ पुस २०८२, आइतबार | December 21, 2025

मिराज ढुंगाना समुह आन्दोलनमा किन जादैछ ?


December 21, 2025
332
Shares

काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले आन्दोलनको घोषणा गरेको छ ।

सर्वपक्षीय गोलमेच सम्मेलन तथा संविधान पुनर्लेखनको माग गर्दै आन्दोलनको घोषणा गरेको हो ।

सो समूहले आज पत्रकार सम्मेलन गरेर भोलिदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रिने जानकारी गराएको हो ।

मिराजको समूहले १० बुँदे मागपत्र समेत सार्वजनिक गरेको छ ।

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको माग अघि सार्दै आएको सो समुहको राज्य पुनःसंरचना र संविधान पुनर्लेखनको लागि संविधान परिमार्जन सभा गठन गर्नुपर्न माग छ ।

झुठा मुद्धा लगाएर हिरासतभित्र राखिएका जेनजी युवाहरुलाई निशर्त रिहा गर्नुपर्ने माग पनि पत्रमा उल्लेख छ ।

 

प्रतिक्रिया