२८ भदौ २०८३, आइतबार | September 13, 2026

सोरु–१० का ज्येष्ठ नागरिक पछ्यौरी र विपन्न तथा जेहेन्दार विद्यार्थीलाई झोला सहयोग


December 17, 2025
1.6k
Shares

२ पुस । मुगु जिल्लाको सोरु गाउँपालिका–१० धैनमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आशिष देवकोटाको विशेष पहल तथा किसान महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष एवं युवा नेता रत्नलाल देवकोटाको समन्वय र अगुवाइमा सामाजिक सहयोग कार्यक्रम सम्पन्न भएको छ।

नेपाल आमा समूह अफ हेल्पिङ हेण्ड सोसाइटी, अमेरिकाको सहयोगमा ७० वर्षभन्दा माथिका ४० जना ज्येष्ठ आमाबुबालाई न्यानो पछ्यौरी वितरण गरिएको छ। साथै श्री हिमालय आधारभूत विद्यालय, महादेव आधारभूत विद्यालय तथा श्री सरोज बालविकास विद्यालयमा अध्ययनरत ४५ जना गरीब, जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई विद्यालय झोला प्रदान गरिएको युवा नेता रत्नलाल देवकोटाले जानकारी दिनुभयो।

देवकोटाका अनुसार आजको समयमा गरिबीको सबैभन्दा ठूलो मार विपन्न ज्येष्ठ नागरिक र भविष्य बोकेका विद्यार्थिहरूमा परेकाले उनीहरूलाई लक्षित गरी सहयोग गरिएको हो। उहाँले आफ्नो मुख्य उद्देश्य यस क्षेत्रका जनतालाई सदैव प्राथमिकतामा राखेर निरन्तर सेवा गर्ने रहेको पनि बताउनुभयो।
कार्यक्रममा युवा नेता रत्नलाल देवकोटाको प्रमुख आतिथ्यतामा सोरु–१० का वडाध्यक्ष कुलचन्द्र जैसी, वडा जनप्रतिनिधिहरू, युवा नेता धर्मराज शाही तथा सर्वदलीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

ज्येष्ठ नागरिकहरूलाई वडा कार्यालयमै सम्मानपूर्वक पछ्यौरी वितरण गरिएको थियो भने विद्यार्थीहरूलाई सम्बन्धित विद्यालयमा पुगेर झोला वितरण गरिएको थियो।

प्रतिक्रिया