सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनित भएकी छन् ।
एमालेको शुक्रबार बसेको सचिवालयले ११ औँ महाधिवेशनमा सहभागी हुने १ सय ८ प्रतिनिधि मनोनीत गर्दा डंगोलको नाम पनि मनोनित गरेको हो ।
कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १ सय ८ जना मनोनीत प्रतिनिधिमा परेकी डंगोल एमाले केन्द्रीय सदस्यको दाबेदार पनि हुन् ।



