मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान
काठमाडौं । मुख्यमन्त्री सरोज यादवको राजीनामा स्वीकृत गर्दै मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान गरिएको छ ।
शुक्रवारसम्मका लागि समय दिएर नयाँ सरकार गठनको लागि आह्वान गरिएको हो।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका छन् ।
आगामी शुक्रबार साँझ ५ बजेसम्म दाबी पेश गर्न समय सीमा तोकिएको छ ।


