जी ट्वेन्टीमा भारतले स्थापित गरेको भाष्य
विपिन देव: सन् २०२५, नोभेम्बर २२ र २३ मा जी ट्वेन्टी शिखर सम्मेलन दक्षिण अफ्रिकाको जोहेनसबर्गमा सम्पन्न भएको छ । वर्तमान भू(राजनीतिमा जी ट्वेन्टीको महत्व र भूमिका उल्लेख्य रहेको छ । सन् १९९९ ताका एसियाको आर्थिक मन्दी र सन् २००८ ताका युरोपेली आर्थिक मन्दीको पृष्टभूमीमा जी ट्वेन्टीको उद्गम र उद्भव भएको हो । जी ट्वेन्टीलाई उत्तर र दक्षिणको मिलनको रूपमा समेत व्याख्या गरिन्छ । अर्थात् जी ट्वेन्टीले दक्षिण गोलाद्र्ध र उत्तर गोलाद्र्धका मुलुकहरूलाई जोडेको देखिन्छ । सन् २०२२ देखि दक्षिण गोलाद्र्धका मुलुकहरूले जी ट्वेन्टीको अध्यक्षता प्राप्त गरिरहेको छ । सन् २०२२ मा इण्डोनेसिया, सन् २०२३ मा भारत, सन् २०२४ मा ब्राजील र सन् २०२५ मा दक्षिण अफ्रिकाले जी टेउन्टीको नेतृत्व प्राप्त गरेको छ । सन् २०२२ सम्म दक्षिण अफ्रिका जी ट्वेन्टीको सदस्य थिएन । सन् २०२३ मा भारतको अध्यक्षतामा हु‘दा मोदीको अब्बल नेतृत्वको कारण दक्षिण अफ्रिकाले जी ट्वेन्टीको सदस्यता प्राप्त गरेको थियो । विश्वको ८५ प्रतिशत अर्थतन्त्र ओगेटेका जी ट्वेन्टीका मुलुकहरूले विश्वको ७५ प्रतिशत व्यापारिक साझेदार समेत रहेको छ । विश्वको एक तिहाई जनसंख्या भएका जी ट्वेन्टीका मुलुकहरू विश्वको राजनैतिक, आर्थिक र सामरिक भाष्यलाई नयॉ गोरेटो र दिग्दर्शन दिन सामथ्र्य राख्दछ ।
सन् २०२५ को जि ट्वेन्टी शिखर सम्मेलनको बारेमा पश्चिमा मेडियाहरू अधिक चर्चा गरेका छन् । यी चर्चाका विभिन्न आयामहरू छन् । सन् २०२६ मा चक्रिय नीति अनुसार जी टेउन्टीको अध्यक्षता अमेरिकाले गर्ने निश्चित भएको छ । तर २०२५ को शिखर सम्मेलनमा ट्रम्प उपस्थित नहुनुका धेरौ आयामहरू छन् । ट्रम्पले जी ट्वेन्टीप्रति आपत्ति व्यक्त गरेका छन् । अर्थात् दक्षिण अफ्रिकामा स्वेत विभेदित भएको कुरा उनको ठहर रहेको छ । दक्षिण अफ्रिकाको रामाकोशा नेतृत्वको सरकारलेस्वेतहरूको सुरक्षा नगरेको ट्रम्पको आरोप रहेको छ । साथ साथै वातावरणीय परिर्वतन जस्ता गम्भीर मुद्दा अमेरिकाको प्रतिनिधित्व विना अधुरो रहने ट्रम्पको तर्क रहेको छ । सन् २०२५ को शिखर सम्मेलनमा संयुक्र विज्ञप्ति र साझा संकल्प सार्वजनिक नर्गन समेत अमेरिकाको दबाब रहेको थियो । सन् २०२५ शिखर सम्मेलनमा सन् २०२६ को नेतृत्व लिन राष्ट्र प्रमुखलाई वैटन दिने कार्यक्रम रहेको थियो । सो परम्परा अनुसार अमेरिकी राष्ट्रपति वा उपराष्ट्रपतिले वेटन ग्रहण गर्नु पर्ने थियो । तर ट्रम्पले अमेरिकी दुतावासका कर्मचारी बेटन लिने अमेरिकाले दक्षिण अफ्रिकालाई आग्रह गरेको थियो । दक्षिण अफ्रिकाले अमेरिकी आग्रहलाई अस्विकार गरेका थिए । यस अर्थमा सन् २०२५ को शिखर सम्मेलन अमेरिकाको असहयोग हुँ हुँदै पनि सम्पन्न भएको छ । ट्रम्पको साथ साथै उच्च स्तरिय नेतृत्वमा चिनियाँ राष्ट्रपति सी र रसियाली राष्ट्रपति पुटिन समेत उपस्थिति थिएन । तर सन् २०२५ को शिखर सम्मेलनमा मोदीको उपस्थितिले जी ट्वेन्टीको गरिमालाई महिमामण्डित गरेको थियो । जी ट्वेन्टीलाई सबभन्दा बढी उपयोग र प्रचार गर्ने देशको रूपमा भारत रहेको छ ।
सन् २०२३ मा जी ट्वेन्टीको विभिन्न सम्वादहरू भारतमा विभिन्न राज्य र प्रान्तमा भएको थियो । जी ट्वेन्टी भारतको कुटनीतिक भाष्य रहेको थियो । दक्षिण अफ्रिका र भारत बिच सधन सम्बन्ध भएकोले गर्दा समेत भारत आप्mनो भाष्य स्थापित गर्त जी ट्वेन्टीमा सफल भएको देखिन्छ ।
खस अर्थमा भन्ने हो भने सन् २०२५ को एजेन्डा सेटरको रूपमा भारतलाई लिन सकिन्छ । मोदीले आफ्नो चहकिलो र गहकिलो अभिव्यक्तिबाट लागूपद्धार्थ र आतंकवाद विच रहेको सम्बन्धलाई आलोकित गर्दै समस्यालाई निरुपण गर्न जी ट्वेन्टीलाई आग्रह गरेका थिए । लागु पदार्थको निकासी र पैठारी हुने मार्गहरू मध्ये वालदन स्टेट, सेन्ट्रल एसिया र दक्षिण समेत भएकोले गर्दा सम्बद्ध मुलुकहरू चनाखो हुनु पर्ने मोदीको आग्रह रहेको थियो । मोदीले दक्षिण गोलाद्र्धका मुलुकहरूको आवाजलाई ध्वनित गरेका थिए । हुनतः सन् २०२३ को शिखर सम्मेलन हुनु भन्दा पहिले मोदीले १२४ वटा दक्षिण गोलाद्र्धका मुलुकहरूसंग सम्वाद गर्दै ती समस्या र संकल्पहरूलाई आप्mनो कार्यसूचीमा राखेका थिए ।
सन् २०२५ को शिखर सम्मेलनमा समेत दक्षिण अफ्रिका १० लाख युवाहरूलाई सिपमुलक तालिम उपलब्ध गराउने भारतले प्रतिवद्धता जाहेर गरेको छ । विद्युत्तीय पूर्वाधार लगायत स्वास्थ्य क्षेत्रमा समेत जी ट्वेन्टीको वितरण प्रणाली प्रत्याभूत गर्ने मोदीको संकल्प रहेको छ । सन् २०२५ को शिखर सम्मेलनमा रेयर अर्थ मिनरल, आर्टीफिसियल इन्टेलिजेन्स, क्वानटम कम्प्युटर जस्ता क्षेत्रमा आपसी सहयोग र साझेदारीको लागि समेत सहमत भएको छ । ट्रम्पको असहयोग र असहमतिका बाबजुद समेत सन् २०२५ को शिखर सम्मेलनमा संयुक्त विज्ञप्ति र साभा घोषणा पत्र सार्वजनिक भएको छ । सन् २०२५ को शिखर सम्मेलन बहुध्रुवीय (मल्टीपोलारीटी) लाई अनुमोदित गरेको छ जबकि ट्रम्पले चीनको दादागिरीलाई स्वीकार गर्दै दुई धुब्रीय संसारलाई मात्र स्वीकार गरेका छन् ।


