१७ कार्तिक २०८२, सोमबार | November 3, 2025

पार्टीको झण्डा ओढाएर खतिवडालाई दिए खड्काले श्रद्धान्जली


November 3, 2025
996
Shares

काठमाडौं, १७ कात्तिक । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले निवर्तमान सांसद रामहरी खतिवडाको पिता स्व. जीवनाथ खतिवडालाई पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन्।

आज (सोमबार) बिहान सम्पन्न अन्त्येष्टि कार्यक्रममा सभापति खड्काले स्व.खतिवडाको पार्थिव शरीरमा नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

खतिवडाको अन्त्येष्टिमा कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, बालकृष्ण खाँण, मिन विश्वकर्मा, दीपक गिरी, हृदयराम थानी, आङ्गेलु शेर्पा लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद रामहरि खतिवडाका पिता ७८ वर्षीय जीवनाथ खतिवडाको आइतबार साँझ ७ बजेर ४० मिनेटमा काठमाडौंको डिल्लीबजारस्थित आफ्नै निवासमा निधन भएको थियो ।

दीर्घकालीन स्वासप्रश्वास र अबुर्द रोगले पीडित खतिवडाको लामो समयदेखि उपचार हुँदै आएको थियो । ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ्ग गाउँपालिका थाक्ले स्थायी घर भएका स्व.खतिवडाको अन्त्यष्टिमा पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न ओखलढुंगावासीको पनि ठूलो संख्यामा उपस्थिति थियो ।

स्व.खतिवडाको पत्नी र पाँच छोराहरू—रामहरि, सुन्दर, भीम, हुतराज र प्रकाश खतिवडा रहेका छन्।

 

प्रतिक्रिया