एनपीएल– सिजन २ मा आज दुई खेल हुँदै
काठमाडौं,२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को सिजन २ मा आज दुई खेल हुँदैछन् ।
आज बिहान ११:४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेल अपरान्ह ४ बजे हुनेछ ।
चितवन राइनोज कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन् । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहनेछन् ।



