१७ कार्तिक २०८२, सोमबार | November 3, 2025

जीवनाथ खतिवडाको पशुपतिमा अन्त्येष्टि गरिदै


November 3, 2025
830
Shares

काठमाडौं,१७ कात्तिक । नेपाली कांग्रेसका नेता एवं निवर्तमान सांसद रामहरी खतिवडालाई पितृशोक परेको छ ।

उनका ७८ वर्षीया बुवा जीवनाथ खतिवडाको गएराति निधन भएको हो ।

जिवनाथ खतिवडा लामो समयदेखि क्यान्सर तथा दमको बिरामी थिए । आज जिवनाथको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैछ ।

जीवनाथका एक श्रीमती, ५ छोराहरु रामहरिसहित सुन्दर खतिवडा, भिम खतिवडा, हुतराज खतिवडा र प्रकाश खतिवडा हुन् भने एक छोरी कोपिला खतिवडा हुन् ।

प्रतिक्रिया