२० मंसिर २०८२, शनिबार | December 6, 2025

एनभिएको बैंकहरुलाई निरन्तर खबरदारी,एकैदिन ४ बैंकसँग छलफल


November 13, 2025
7.6k
Shares

काठमाडौं, २७ कात्तिक । सम्पत्ति मुल्यांकनकर्ता इन्जिनियरहरुको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए)ले बैंकहरुलाई निरन्तर खबरदारी गर्दै आएको छ । मुल्यांनकर्ताहरुलाई विभिन्न विषयमा हैरानी दिएपछि र एनभिएसँगको सम्झौताबमोजिम बैंकहरुले मुल्यांकनकर्ताहरुसँग सहकार्य नगरेपछि खबरदारी गर्नुपरेको सचिव इ.रविन्द्र अधिकारीले बताए ।

बुधबार पनि एनभिएको अध्यक्षसहितको पदाधिकारीको टोलीले ४ वटा बैंकलाई विभिन्न विषयमा ध्यानकर्षण गराएको छ । हिजोको छलफलपश्चात नविल बैंक एनभिएले तोकेको परामर्श शुल्कलगायतका विषयमा एक हप्ताभित्रै समिक्षा गर्न तयार भएको अधिकारीले जानकारी दिए ।

सो बैंकका सिइओ र एनभिएका पदाधिकारीबीच डाटाबेस म्यानेजमेन्ट सिस्टमको विषयमा महत्वपुर्ण छलफल भएको थियो । सो विषयमा एनभिएसँग विस्तृत जानकारी लिएरमात्रै इम्पिलिमेन्टशनमा जान बैंक तयार भएको छ भने मुल्यांकनकर्ता इन्जिनियरहरुलाई विभिन्न बहानामा दुख र हैरानी दिएको विषयमा ध्यानाकर्षण गराउदा तत्काल कुनै पनि कारबाही अगाडी नबढाउन समेत बैंक सहमत भएको छ ।

एनभिएको टोली हिजो लक्ष्मी सनराइज बैंकमा पनि मुल्यांकनकर्ताहरुको गुनासो लिएर पुगेको थियो । एउटै प्लटको धेरै वटा कित्ता हुन सक्ने अवस्थामा हरेक कित्तावाइज मुल्यांकन रकम छुट्याउन लगाउदै आएको लक्ष्मी सनराइज बैंकलाई सो विषयमा एनभिएले ध्यानाकर्षण गराएको थियो ।  हरेक कित्तावाइज मुल्यांकन रकम छुट्याउने कार्य इन्जिनियरिङ काममा सम्भव नहुने भन्दै एनभिएले बैंकलाई बताएको थियो । “अगाडीको कित्तालाई मोटरबाटोले छोएको छ भने पछाडीको कित्तालाई त नछोएको पनि हुन सक्ने अवस्थाबारे हामीले बैंकलाई ध्यानाकर्षण गरायौं ।”–इ.अधिकारीले जानकारी दिए । उनका अनुसार एनभिएसँगको छलफलपछि तत्काल सो काम रोक्न पनि बैंक सहमत भएको छ भने अन्य फि को विषयमा पनि एक हप्ताभित्र समिक्षा गर्ने बैंकले प्रतिवद्धता जाहेर गरेको छ ।

त्यसैगरी, कामना सेवा विकास बैंकले पनि एनभिएसँग मुल्यांकन सम्बन्धित विषयमा तत्काल समिक्षा गर्न तयार भएको छ । इ.अधिकारीका अनुसार बैंकले मुल्यांकनकर्ताहरुलाई काम दिने क्रममा रोटेशन गर्नुपर्नेमा नयाँ आ.व.मा गडबढी गर्दै आएको थियो । २०८१ भाद्रमा भएको सहमतिलाई तोडमोड गरेर नयाँ आ.व.बाट विवाद उत्पन्न गराइरहेको भन्ने मुल्यांकताहरुको गुनासोबारे बैंकसँग छलफल हुँदा तत्कालको लागि एनभिएले तोकेको फि लिन दिन बैंक सहमत भएको छ । छलफलपछि अटोमेशन सिस्टम बिगारेर फेक क्लाइन्ट क्रिएट गरेको विषयमा पनि बैंक तत्काल समिक्षा गर्न तयार भएको छ । एनभिएले तोकेको फि लाई डिबानमार्फत नै तुरुन्तै सूल्झाउने समेत बैंकले प्रतिबद्धता जनाएको अधिकारीले जानकारी दिए ।

यसैगरी, ज्योति विकास बैंकले पनि अटोमेशन सिस्टमको प्रक्रिया नयाँ आ.व.मा फलो नगरेको गुनासोबारे एनभिएले बैंकलाई ध्यानाकर्षण गराउदा तत्कालै लागु गर्न बैंक तयार भएको पनि एनभिएले जनाएको छ ।

प्रतिक्रिया