९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

४ वर्षपछि मुलघरमै फर्किए यी नेताहरु


November 10, 2025
581
Shares

काठमाडौँ, २४ कात्तिक । नेकपा एस परित्याग गरेर चार वर्षपछि नेतृ रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) लगायतका नेता मुल घर एमालेमै फर्किएका छन् ।

सोमबार एमालेले काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजना गरेको घर फर्क राष्ट्रिय अभियान अन्तर्गत झाँक्री र श्रेष्ठ एमालेमै फर्किएका हुन् ।
उनीहरु दुवैजना २०७८ सालमा एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर लागेका थिए ।

गत कात्तिक १९ गते एकीकृत समाजवादी माओवादीसहित ६ पार्टी बीच एकता भएको थियो । माओवादीसँग पार्टी समाहित भएपछि केही नेताहरु असन्तुष्ट थिए ।

सोही कार्यक्रममा गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङतान, ववि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने, उत्तम श्रेष्ठ, केशव सापकोटालगायतलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

प्रतिक्रिया