विश्वप्रकाश शर्मालाई कल्याण गुरुङ्गको चिठी
प्रिय विश्व प्रकाश जी,
जय नेपाल
तपांईको फेसबुकमा तपांईले हिजो राख्नु भएको सानो क्लीप हेरे र स्टाटस पनि पढे । आशा, सम्मान र स्नेहको साथ बिना पुर्वाग्रह केही शब्दहरु तपांईसंग अनुमति नलिईकन लेख्दैछु ।
तपांईलाई र तपांईले उठान गर्नु भएको विषयलाई अहिलेको समयमा लेख्न योग्य ठानेर मात्रै लेख्दैछु । यसलाई मेरो धारणा ठान्नु होला, जवाफ नठान्नु होला ।
शायद मेरो जिवनमा पहिलो पटक होला, कसैको फेसबुक स्ट्याटसको बारेमा मैले यसरी लेखेको ।
दीगो परिवर्तनको लागि व्यक्ति केन्द्रीत होईन, असल शासकीय प्रणाली र नीतिगत स्पष्टता आवश्यक हुन्छ भन्ने विषय महत्वपुर्ण लागेर लेख्दैछु ।
के म यो विश्वास गर्न सक्छु कि तपांई आफैले लेख्नु भएको यो स्ट्याटस प्रति तपांईले र तपाईले आजको दिनसम्म अत्यन्त धेरै विश्वास गरेका मानिसहरुले जिवनभर ईमानदार भएर यसको पालन गर्नु हुनेछ र यसप्रति अटुट न्याय गर्नु हुनेछ ?
(भोली को को के के हुन्छन् भन्न र लेख्न सकिन्न, त्यसैले आजको दिनसम्म भनेर मात्रै लेखे । अन्यथा नठान्नु होला ।)
यसको पुष्टि हतारमा अहिले नै नगर्नु होला । तपांईको र तपांईले विश्वास गर्नु भएको साथीहरुको भविष्यको आचरण र व्यवहारले संयमित भएर आफै यसको पारदर्शीरुपमा पुष्टि गर्नेछ ।
कसैले पनि लेखेको र बोलेको कुरामा मनभित्र ईख र व्यवहारमा विष नराख्नु होला ।
बोली र व्यवहारमा एकरुपता नभएमा कसैले पनि विश्वास गर्दैन । अहिलेको ज्वलन्त समस्या भनेको मानिसको बोली र व्यवहारमा एकरुपता नहुनु पनि हो, जसले आम मानिसमा घोर निराशा जन्मायो ।
आम मानिसले भ्रष्टाचारमा शुन्य सहनशीलता चाहेका छन् । भ्रष्टाचार विरुद्ध कडा कानूनहरुको निर्माण वा भएको कानूनहरुबाट नै भ्रष्टाचारको कडाईका साथ रोकथाम र भष्टाचारीहरुलाई कानून अनुसारको दण्ड चाहेका छन् । देशमा दण्डहिनताको अवस्था रहनु हुंदैन ।
मैले कसैको पनि क्षुद्रता, क्षुब्धता र कुण्ठाको जवाफ दिने वा जवाफ लेख्ने गरेको छुईन ।
मेरो पहिले देखिको विश्वास पनि हो -असल शासकीय प्रणाली र नीतिगत सुधार प्रति । शासकीय प्रणाली, संविधान, कानून, भ्रष्टाचारमा शुन्य सहनशीलता, समावेशिता र नीतिगत सुधारहरु महत्वपुर्ण हुन्छन् ।
असल प्रणालीले पपुलिज्मलाई विश्वास गर्दैन । यसले व्यक्तिको भक्ति, गुणगान, बखान र आरतीलाई पनि विश्वास गर्दैन ।
व्यक्ति स्वयंले आफ्नो बारेमा गरेको प्रचार तथा साईबर सेना लगाएर आफ्नो गुणगानमा गराएको प्रचार र अरुको बारेमा खेदो खनेर गराएको दुष्प्रचारलाई पनि प्रणालीले विश्वास गर्दैन । प्रणालीले यस्तो भष्मासुर प्रवृतिलाई गलत ठान्छ । प्रणालीले पपुलिज्मको भ्रष्ट स्वरुपलाई स्विकार गर्दैन । प्रणालीले दास, अवसरवादी, चाकडिबाज, कुरौटे र धोखेबाजहरुलाई पनि विश्वास गर्दैन ।
प्रणालीले पीत पत्रकारितालाई स्विकार गर्दैन र विश्वास पनि गर्दैन । प्रणालीले कर छल्ने व्यापारीलाई विश्वास गर्दैन ।
मैले खोजेको पनि प्रणालीमा नै परिवर्तन हो ।आचरण र व्यवहारमा नै आमूल परिवर्तन हो ।
सीमित व्यक्ति, समूह, गुट, जाति, वर्ग र समुदायको देशको सबै प्रकारको शासन, सत्ता, सम्पत्ति, संस्था, संगठन र समाजमा भएको एकाधिकारमा नै आमूल परिवर्तन हो ।
राजनीतिक दलहरुमा भएको सीमित समुदायहरु र व्यक्तिहरुको एकाधिकार र लैंगिक असमानतामा परिवर्तन हो । शासन, सत्ता, संवैधानिक निकायहरु र राज्यका संस्था तथा संयन्त्रहरुमा भएको सीमित समुदायहरुको एकाधिकार र लैंगिक असमानतामा आमूल परिवर्तन हो ।
आफुलाई सर्बश्रेष्ठ मान्ने र अरुलाई तुच्छ ठान्ने विवेकहीन प्रवृतिमा परिवर्तन हो । आफु मात्र संगठन हो र आफुले बोलेको मात्रै सहि तथा सत्य हो तथा अरु सबै गलत र झुठो हुन् भन्ठान्ने स्टण्टबाजी चंचल घमण्डवादी प्रचारात्मक मनोवृतिमा परिवर्तन हो । जातीवादी जड मानसिकतामा परिवर्तन हो ।
आफ्नो बोलीको टुंगो नहुने, बचन एउटा र कर्म अर्कै हुने प्रवृति तथा क्षण क्षणमा आफ्नो बचन, विचार र व्यवहारहरुमा परिवर्तन गरिरहने पात्रहरु र प्रवृतिहरुमा परिवर्तन चाहेको हो । आफुसंग जादु छ र आफु नै परिवर्तनको लागि जादुगर हो भन्ने भ्रम दिन सक्छु भन्ने भ्रममा रहेका पात्रहरु र प्रवृतिहरुमा परिवर्तन चाहेको हो ।
मैले खोजेको परिवर्तन शान्तिपुर्ण र अहिंसात्मक माध्यमबाट आमूल परिवर्तन हो । मैले खोजेको परिवर्तन मानविय संवेदना र मानव अधिकार सहितको विवेकपुर्ण परिवर्तन हो। मैले खोजेको परिवर्तन माया, प्रेम, स्नेह, भातृत्व, सदभाव र सहिष्णुताको परिवर्तन हो, घृणा र ईर्ष्याको परिवर्तन होईन ।
क्रमागत विकासको ९ईभोल्युशनरी० परिवर्तन हो । राज्य, शासन, संगठन र समाजमा समावेशी हुनु पर्छ भन्ने परिवर्तन हो । नेपालमा र बिदेशमा रहेका सम्पुर्ण नेपालीहरुमा मलाई कुनै दुःख वा संकट वा अभाव आई लाग्यो भने मलाई मेरो देश र राज्यले हेरचाह गर्नेछ भन्ने व्यवहारिक विश्वास र अनुभूति दिलाउनु पर्ने आमूल परिवर्तन हो ।
केवल बहुदलिय संसदीय शासन प्रणाली मात्रै बहुलवादमा आधारित बहुदलिय शासन प्रणाली होईन् । बहुलवादमा आधारित बहुदलिय शासन प्रणालीका धेरै मोडलहरु छन् । जस्तै ( संबैधानिक राष्ट्र प्रमुख र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री मोडल, प्रत्यक्ष निर्वाचित राष्ट्रपति मोडल, संसदीय प्रणाली मोडल, स्विजरल्याण्डको फेडरल काउन्सिल मोडल र अन्य शासकीय मोडलहरु । यसैले केवल बहुदलीय संसदीय शासन प्रणालीमा मात्रै अल्झिनुको सट्टा अन्य शासकीय प्रणालीहरुको विषयमा पनि बहस र छलफल गरौं । शान्तीपुर्ण र अहिंसात्मकबाट आम नेपालीहरु बीच संवाद र सहमतिबाट संबैधानिक बाटोबाट नै शासकीय प्रणालीमा आवश्यक परिवर्तन गर्न सकिन्छ ।
दक्षिण एशियामा भारत बाहेकका देशहरुमा संसदीय प्रणालीले किन राम्रोसंग काम गर्न सकेन । दक्षिण ए
