१९ कार्तिक २०८२, बुधबार | November 5, 2025

देशलाई दीर्घकालिन संकटबाट निकाल्न सत्य र न्यायको खोजी अभियान सक्रिय


November 5, 2025
2.7k
Shares

काठमाडौं, १९ कात्तिक । देशलाई दीर्घकालिन संकटबाट निकाल्न सत्य र न्यायको खोजी अभियानले सक्रियता बढाएको छ । अभियानले संकटबाट निकाल्ने उपायबारे देशव्यापी राय संकलन थालेको छ ।

राजधानीमा बुधबार अभियानले राजनीतिज्ञ, प्राध्यापक, कानून व्यवसायी, पत्रकार, चिकित्सक, इञ्जिनियरलगायत बौद्धिक समुदायलाई भेला गरेर राय संकलन गरेको छ । अभियानका संयोजक तथा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले देशलाई जतिसक्दो छिटो संकटबाट निकाल्न राय संकलन गरेर अगाडि बढिने बताए । उनले देशको सबै निकाय चरम राजनीतिक हस्तक्षेपको शिकार भएको बताउँदै जेनजी आन्दोलनकै धज्जी उडाउन थालिएको बताए । उनले गणतन्त्रको विकल्प खोजेर जान ढिलो गरे देश नै धरापमा पर्ने बताए ।

अधिवक्ता स्वागत नेपालले अहिलेको संविधान जेनजी विरोधी भएको बताए । उनले भ्रष्टाचारलाई मलजल गर्ने गरी संविधान बनाइएको तर्क गरे । देशमा राजसंस्था राष्ट्रिय एकताको प्रतिक भएकाले त्यसलाई उठाउने हुरी आउने बताए ।

पूर्वमन्त्री केशरबहादुर बिष्ट, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायत समाजका प्रतिष्ठित र प्रभावशाली व्यक्तिहरु अन्र्तक्रियामा सहभागी थिए ।

प्रतिक्रिया