१४ कार्तिक २०८२, शुक्रबार | October 31, 2025

भ्रष्ट्राचार र कुसाशन गर्न दलको जन्म भएको हो र ?


October 31, 2025
3.7k
Shares

अहिलेको विद्रोहले
१। भ्रष्टाचार नगर्न र
२। सुशासन कायम गर्न
आदेश दिएको कुरा नवगठित सरकारका प्रधानमन्त्रीले भन्नुभएको छ । सोही बमोजिमको प्राथमिकता राखेर काम गर्ने र यथा समायमा चुनाव गर्ने भन्नुभएको छ ।
यसको मतलब पुरानो सरकारले मुख्यगरी १। भ्रष्टाचार गरेको थियो र २। कुसाशन गरेको थियो ।

अपदस्थ सरकारमा नेपलका सबैभन्दा ठूला दल मात्र थिएनन् , १। भ्रष्ट्राचार गर्नै हुन्न र २। विधिको शासनकै आधारमा सुशासन गर्नुपर्छ भन्ने खुलेयाम मान्यता राख्ने राजनीतिक पार्टीे थिए ।
यी कुरा आफ्नो चुनावी घोषणापत्रमा समेत लेखेर जनताबाट निर्वाचित भएका थिए । ती पार्टीे निकै पुराना थिए र तिनलाई जनताले विश्वाससमेत गर्दै पनि आएका थिए । ती पार्टीका कतिपय नेताहरू दशकभन्दा बढी जेल बसेका पनि थिए, यो पनि सत्य नै हो ।
समानताको सन्दर्भमा दुबैले आफूलाई समाजवादी र लोककल्याणकारी घोषणा गर्दथे । शिक्षा, स्वास्थ्य जस्ता जनताका हक राज्यबाट सुरक्षित हुनुपर्छ भन्दै आआफ्ना पार्टीका घोषणापत्रमा पनि लेखेका थिए र उनकै नेतृत्वमा जारी संविधानमा समेत जनाताका महत्वपूर्ण आधारभूत हकको रूपमा यी ग्यारेन्टी गरेका थिए ।

उल्लिखित विवरणका आधारमा
१। अभ्रष्ट्राचार
२। सुशासन र
३। लोककल्याण
ती पार्टीका सिद्धान्त थिए, जनताका बीचमा गरेका प्रतिवद्धता थिए, संवैधानिक प्रबन्ध थिए । यी तीनै कुरा ती पार्टीबाट भएनन् र जनआक्रोश बढ्यो । विद्रोह भयो । जननिर्वाचित संसद र सरकार शून्यमा परिणत भए । यति लामो इतिहास बोकेका, जनताले नै खडा गरेका राजनीतिक दल र तिनका नेता सरासर उल्टो गतिमा हिँड्दा समेत उपर्युक्त कुरा प्रति कुनै पश्चाताप नगरी जनतामाझ अझपनि फुर्सुङ्गे नाँच देखाउँदै छन् । जनता अझै पनि मूकदर्शक भएमा स्थिति अझ भयावह हुनेछ ।
प्रो.विष्णु पन्थी

प्रतिक्रिया