शीतल निवासमा लुटपाट गर्ने ३ जना पक्राउ, प्रिन्टर र राउटर भेटियो
 
    काठमाडौं, १४ कात्तिक । जेनजी आन्दोलनको क्रममा राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गर्ने ३ जना पक्राउ परेका छन् ।
प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेमा बैतडीका विशाल सिंह कार्की, बैतडीकै दीपक बोहरा र बझाङको बित्थडचिरका हेमन्त बोहरा छन् ।
उनीहरुविरुद्ध चोरी तथा आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।



 
        
        