मुग्लिन–नारायणगढ सडक खण्ड दुई तर्फी बन्द
 
    काठमाडौं, १४ कात्तिक । मुग्लिन–नारायणगढ सडक खण्डको दुई तर्फ यातायात बन्द गरिएको छ । तुइन खोला पुल नजिकै माथिबाट ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएको हो ।
ढुंगा खस्ने क्रम नरोकिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । ढुंगाहरू झर्ने क्रम रोकिएपछि सडक खुलाउने तयारी कार्यालयले गरेको छ ।
वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।



 
        
        