यी स्थानमा उच्च सतर्कता अपनाउन आग्रह
कार्तिक १३,काठमाडौं । कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरुको बहाव कार्तिक १३ गते बढ्दो क्रममा रहने तथा १४ र १५ गते सतर्कता तह आसपास पुग्ने पूर्वानुमान रहेकोले नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउनुहुन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।



