१२ कार्तिक २०८२, बुधबार | October 29, 2025

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश


October 29, 2025
83
Shares

काठमाडौँ, १२ कात्तिक । सर्वोच्च अदालतले संसद् विघटन विरूद्धको दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्चको संवैधानिक इजलासले संसद् विघटनविरुद्धको १६ वटा रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै बुधबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चले रिट निवदेनको मागबमोजिम किन आदेश जारी गर्नु नपर्ने हो रु त्यसको कानुनी आधार र कारण खुलाएर सात दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न राष्ट्रपति कार्यालयलाई आदेश दिएको छ ।

अधिवक्ता डा। प्रेमराज सिलवाल,कीर्तिनाथ शर्मा पौडेललगायतले सुशीला कार्की नेतृत्वको सरकार र प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया