१२ कार्तिक २०८२, बुधबार | October 29, 2025

‘यसपटक कल्याण श्रेष्ठ श्रीमानलाई प्रचण्डले प्रधानमन्त्री बनाएर गुण तिर्न खोजेको थिए, सकेनन्’


October 29, 2025
415
Shares

पहिला, प्रचण्ड-कल्याण श्रेष्ठ श्रीमान बिच लागू हुने यो गीतको अन्तरकथा पढनुहोस ।

गुन भुल्यौ पित्तलको सुन पायौं होला,
भुई छौडयौ आकासको, जुन पायौ होला
नेकपा माओवादी अध्यक्ष प्रचण्डसँग सहमति भए अनुसार खासमा कल्याणकुमार श्रेष्ठ श्रीमान रामचन्द्र पौडेलको पालामा नै राष्ट्रपति बन्नु पर्ने थियो, त्यसका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बचन पूरा गर्न प्रयास पनि गरेका गरेका थिए। तर, उनले त्यो बेला सकेनन्।
प्रचण्डले स्वतन्त्र ब्यक्तिलाई पनि राष्ट्रपति बनाउन खोजेमा के( के प्रतिक्रिया आउँछ भनेर मिडिया ट्रायल मात्रै गराएनन, जनार्दन शर्मामार्फत ञस्वतन्त्र ब्यक्ति पनि राष्ट्रपति हुन सक्छझ भन्ने संसद भवन बाहिर पत्रकार सामु अभिब्यक्ति पनि सार्बजनिक गर्नसमेत लगाए।
त्यो बेला दल वा स्वतन्त्र ब्यक्ति कसवाट राष्ट्रपति बनाउने भन्ने बहस मिडियामा प्रचण्डलेले नै चलाएका थिए, मिडियामा सो बहसका लागि पहिलो टेष्ट खिलराज रेग्मीवाट गराईयो, त्यसमा बहस सुरू भयो, त्यसपछि कल्याण श्रेष्ठको चर्चा गराईयो।
यो मिडिया ट्रायलको खास मक्सद कल्याण श्रीमानलाई राष्ट्रपति बनाउन सकिन्छ कि सकिदैन् भन्ने धारणा बुझ्नु थियो। तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ञराष्ट्रपति स्वतन्त्र ब्यक्ति होईन, दलिय ब्यक्ति हुनुपर्छञ भन्ने अडान लिएर कल्याण श्रीमानलाई राष्ट्रपति नमान्ने भने पछि त्यो च्याप्टर क्लोज भयो र राष्ट्रपतिमा अन्ततस् रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएँ।

त्यसपछि माओवादीको बिधान महाधिवेसन भयो, प्रचण्ड सामुन्ने जनार्दनले सम्झाउँदै भने, ञमैले अध्यक्ष प्रचण्डले स्वतन्त्र ब्यक्तिलाई पनि राष्ट्रपति बनाउन सकिन्छ भनेर बाहिर बोल भन्नूभयो, मैले उहाँले भने अनुसार बोलेकै हो, तपाईहरू अध्यक्षले भनेको जनार्दनले मान्दैन् भन्नू हुन्छ, यो प्रमाण होईन र रुझ भनेर ब‍ोलेका नै छन् । जनार्दनका दुबै अभिब्यकति अहिले पनि यु टयुबमा छन्।

तर, कल्याण श्रीमानलाई त्यो बेला पनि दिएको वचन पूरा नगरे पनि यो पटक पनि कल्याण श्रीमानलाई प्रधानमन्त्री बनाएर भए पनि प्रचण्डले पूरा गर्न खोजेका थिए। तर, यो पटक पनि सफल भएको अवस्था छैन्।
खासमा कल्याण श्रीमान ञयो संविधान कोल्याप्स गरेर प्रधानमन्त्री बन्न चाहान्थेञ तर उनको यो ञसर्तझ अनुसार प्रधानमन्त्री बने संसद पुनर्स्थापना सर्वोच्च अदालतले गराउन सक्छ भन्ने उनले बुझि सकेका थिए, उनी अझै पनि ढुक्क छन, संसद पुनर्स्थापना हुन्छ, जब संसद पुनर्स्थापन हुन्छ भने म किन केही दिनका लागि प्रम बन्ने रु प्रचण्डले भने पनि उनी बन्न मानेनन्। उनले नमाने पछि मात्रै सुशिला कार्की प्रधानमन्त्री भएकी हुन् ।

तर, कल्याण श्रीमान न राष्ट्रपति भए, न प्रधानमन्त्री भएँ, त्यस माथी उनका थप दुःख अहिले झन थपिएको छ ।
कल्याण श्रीमानले सिफारिस गरेका खगेन्द्र सुनार र गणपतिलाल देखि यसअघिका के के जाती कसैलाई जेनजी आमोईले कोही पनि मन्त्री नबनाई दिए पछि अहिले भन्दै रहेछन्, ञसुशिला कार्की नियुक्ति हुने दिनमा नै संविधान च्यात्नु पर्दथ्यो, गल्ति भयो।झ
मेरो चीनजानको कम्तिमा ३ टोलीले कल्याण श्रीमानलाई भेटेका छन्। यी तीनै टोलीको कुरा सुन्दा मेरो ब्यक्तिगत निष्कर्ष र विश्लेषण छ, पहिलो उनको मुख्य मक्सद ञयो संविधान च्यात्ने नै देखिन्छ, दोस्रो संसद पुनर्सथापना गराएर झ जेन जी आमोई हटाउने र तेस्रो ओलीलाई हटाएर देउवालाई प्रम बनाउने, अदालतले भन्ने गरेको ञआवाश्यक्ताको सिद्वान्तझमा टेकेर जसरी ओली हटाएर जसरी देउवालाई परामादेशमार्फत प्रम बनाउने जुन तरिका अपनाईएको छ, सोही अनुसार ञराष्ट्रिय सहमतिको सरकार बनाउनेञ र त्यो सरकारको नेतृत्व आफैँले गर्ने ।
जसका लागि माहौंल सिर्जना गर्न आज उनले जेन जीको नाममा एभरेष्ट होटलवाट ञराष्ट्रिय सहमतिको सरकारञको बहस सुरू गराई सकेका पनि छन् ।
हिजो नै यसवारेमा मलाई कल्याण श्रीमानका एक पुर्व सहकर्मी न्यायधिसले जानकारी पनि दिएका थिए। यो किन बोलाएर दिए भने मैले हिजो बिहान कल्याण श्रीमानको नियतका बारेमा खुलासा गरे पछि कोहीमार्फत बोलाएर ती श्रीमानले भनेका नै थिए, ञअब एक दुई दिनमा राष्ट्रिय सहमतिको सरकारको बहस सुरू हुन्छ।झ तर, २४ घन्टा नबित्दै आजै बहस सुरू भयो।
८८८ ८८८ ८८८
फेरी मुल बिषयमा प्रवेश गरौं, किन प्रचण्डले कल्याण श्रीमानलाई कहिले राष्ट्रपति र कहिले प्रधानमन्त्री बनाउन प्रयास गरिरहेका छन भन्नेमा कुरामा जान्न जरूरी छ।
खासमा संसद बिघटन गरिरहदाँ पनि केपी शर्मा ओलीलाई सत्याच्युत गर्न नसके पछि अन्तिममा अदालत प्रयोग गरिएको थियो।
संसदले बनाएको प्रधानमन्त्री संसदले मात्रै हटाउन सक्ने, प्रम निर्वाचित भएको २ बर्ष पछि अविश्वासको मतले हटाउन सक्ने, तेस्रो प्रम स्वयंले राजिनामा दिएमा र चौथौं उसको ५ बर्षे कार्याकाल सकिए पछि मात्रै प्रमवाट हटाउन र हटन सक्ने संबैधानिक ब्यवस्था छ ।
तर, ओली त्यो बेला यी सबै अवस्थामा बलियो थिए, संसदवाट हटाउन नसक्ने भए पछि तत्कालिन नेकपा ओलीको बिरोधी पक्ष र कांग्रेसका केही सल्लाहमा सर्वोच्च अदालतवाट मात्रै हटाउन सकिने अन्तिम उपाय खोजियो। सर्वोच्च मिलाउने जिम्मा प्रचण्डलाई दिईएको थियो।
रिटायर्ड भए पनि सर्वोच्चवाट हुने ञराजनीतिक फैसालाझमा त्यतिबेलासम्म कल्याण श्रीमानको ञरजगजझ चल्दै आएको थाहा पाएका प्रचण्डले उनलाई प्रस्ताव गरे, ञजसरी पनि ओली हटाउनु परयो, यदी हटाई दिनु भयो भने तपाईलाई बिधा भण्डारी पछि राष्ट्रपति बनाउँछौं।झ
ओली बिरूद्वको समुहको नेतृत्व गरिरहेका प्रचण्डले ञकन्भिन्सझ गराए पछि कल्याण श्रीमानले मुख्यतयास् सर्वोच्च अदालतको तत्कालिन न्यायधिस ईश्वर खतिवडालाई प्रयोग गरे । संबिधानका धारा अनुसार संसदवाट हटाउन नसकिएका ओलीलाई ञआवाश्यक्ताको सिद्वान्त अनुसारझ उनलाई हटाएर देउवालाई प्रम बनाउन सर्वोच्च अदालतवाट परमादेश दिलाउन सफल भए।

यो सबै कल्याण श्रीमान र प्रचण्डको डिजाईनमा ञएल्लो प्यागोडा होटल, कान्तिपथमा भएको थियो, जसलाई न्यायिक र उपल्लो क्षेत्रमा ञएल्लो प्यागोडा काण्डझ ले सुपरिचित छ।
त्यही बैठकमा सहभागी एक बरिष्ठ वकिलले मलाई त्यही बेला भनेका थिए, ञओली हटाएर देउवालाई परामादेश दिने फैसाला नै एल्लो प्यागोडामा लेखिएको थियो, पढने काम मात्र सर्वोच्च अदालतवाट भएको हो, खुलासा गरिदिनु परयो ।झ मैले तस्विर देऊ भने दिएनन तर दृश्य चित्र सबै देखाएका थिए ।
मैले टविटमा सामान्य संकेत त्यही बेला गरेको पनि थिएँ, सिसीटिभी नपाएर डिटेलमा नलेखेको हुँ तर पछिल्लो घटनाक्रमका सबालमा म त म‌ैले नै ३ टोली कल्याण श्रीमानको कुपोन्डलस्थित ञमिटिङ प्वोईन्टझ मा पठाएर कुरा बुझे पछि ढुक्क भए पछि आज लेखेको हुँ।
अझ रमाईलो, रामचन्द्र पौडेल राष्ट्रपति हुनु भन्दा केही दिन अघि कल्याण श्रीमानले न्यायधिस फोरमको नाममा खतिवडामार्फत एक बिज्ञप्ति जारी गराएर भनाए ञसर्वोच्च अदालतका पुर्व प्रधानन्यायधिस र न्यायधिसलाई राष्ट्रपति हुन संबिधानले रोक्दैन्।झ यो खासमा कल्याण श्रीमानलाई राष्ट्रपति हुन संबिधानले रोक्दैन् भनेर दुनियाँलाई म्यासेज दिनु थियो तर कल्याण श्रीमानको यो प्रयास पनि फेल खायो।

कहिलेकाँही दुर्भाग्य भनौै वा सौभाग्य, एकदिन न्यायधिस ईश्वर खतिवडाको कुनै गोप्य बैठकमा म झुक्किएरै सही पस्न पुगेछु, खासमा एकजना मेरो निकट एकजना बरिष्ठ अधिबक्तासँग मेरो भेट भयो, उनले ञएक ठाउँमा जाउ न त प्रकाशजीझ भन्नू भयो, म पनि लुरूलुरू उनको पछि लागेर गएँ।
ञको एन्सिडेन्टझ जहाँ उनले लगे, त्यो रूममा त न्यायधिस ईश्वर खतिवडालगायत रहेछन्, जसले मलाई लगे, यो उनी स्वयंलाई पनि थाहा थिएन् कि त्यहाँ खतिवडा छन् ।
त्यो रूममा खतिवडा भन्दै थिए, ञहामीले बिज्ञप्ति जारी गर्दा पनि कल्याण श्रीमानलाई राष्ट्रपति नबनाएर प्रचण्डले रामचन्द्रलाई बनाए, यो धोकेबाजलाई छाडनु हुन्न, अदालतवाट ओलीलाई झै प्रधानमन्त्री प्रचण्डलाई पनि दुःख दिनु पर्छ, बुझ्नु भयो नि ।झ
सायद यसैले पनि होला, यसपटक कल्याण श्रीमानलाई प्रचण्डले प्रधानमन्त्री बनाएर गुण तिर्न खोजेको थिए, सकेनन् ।
थप कथा क्रमशस् आउनेछ। प्रकाश तिमल्सिनाको वालबाट

प्रतिक्रिया