११ कार्तिक २०८२, मंगलबार | October 28, 2025

थप उपचार गर्न देउवा पत्निसहित सिंगापुर उडे


October 28, 2025
166
Shares

काठमाडौँ,११ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासहित सिंगापुर उडेका छन् ।

गत भदौ २४ गते जेनजी आन्दोलनको क्रम घाइते भएका देउवा दम्पत्ति थप उपचारको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गए राति ११ बजे सिंगापुर प्रस्थान गरेका हुन् ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवा दम्पती बूढानीलकण्ठस्थित आफ्नै निवासमा मरणासन्न हुनेगरी कुटिएका थिए ।

त्यसपछि करिब एक महिना छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए ।

प्रतिक्रिया