घट्न थाल्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं,१० कात्तिक । नेपाली बजारमा आज पहेलो धातु सुनको भाउ घटेको छ । आइतबारको तुलनामा सुनको मुल्य आज २ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।
आइतबार प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको मुल्य तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको थियो ।
त्यसैगरी, सोमबार चाँदीको पनि मुल्यमा गिरावट आएको छ । आज २ हजार ९८० रुपैयाँमा चाँदीको मुल्य कायम भएको महासंघले जनाएको छ । आइतकार ३ हजार १५ रुपैयाँ चाँदीको मुल्य तोकिएको थियो ।



