९ कार्तिक २०८२, आइतबार | October 26, 2025

ह्वात्तै घट्यो सुनचाँदीको भाउ !


October 26, 2025
166
Shares

काठमाडौं,९ कात्तिक । तिहारपछि सुनको मूल्यमा आज एकैदिन ११ हजार ६ सय रुपैयाँको गिरावट आएको छ ।

साताको कारोबारको पहिलो दिन आज तोलामा एकैदिन ११ हजार ६ सयले घटेर २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम भएको सुन चाँदी महासंघले जनाएको छ ।

कार्त्तिक ३ गते सुनको मूल्य तोलामा २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसलगतै तिहार बिदा भएकाले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएपनि आज मात्र मूल्य सार्वजनिक भएको हो ।

यसैगरी, चाँदीको पनि मूल्य घटेको छ। महासंघको अनुसार आज २६५ रुपैयाँले घटेर प्रतितोला चाँदीको मूल्य ३ हजार १५ रुपैयाँ कायम भएको छ। कार्तिक ३ गते चाँदी ३ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया