९ कार्तिक २०८२, आइतबार | October 26, 2025

दुई प्रहरीको हत्यामा सम्लग्न भएको आरोपमा थप ५ जना पक्राउ


October 26, 2025
83
Shares

काठमाडौँ,९ कात्तिक । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीको आक्रमणबाट प्रहरी वृत्त महाराजगन्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको मृत्यु भएको थियो ।

दुई जना प्रहरीको हत्यामा संलग्न आरोपमा थप ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाका सोम गुरुङ, तनहुँका राजीव गुरुङ र युनिक श्रेष्ठ छन् ।

सर्लाही घर भएका सुमित तितुङ र रामेछापका दीपक मगर पनि भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छन् ।

महाराजगन्जमा कार्यरत दुई जना प्रहरीको हत्या उनीहरुको कुटपिटबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया