रवि लामिछाने विरुद्धको षड्यन्त्रको रुपमा नबुझ्न तोषिमा कार्कीको अपिल
काठमाडौं,८ कात्तिक । रास्वपा नेतृ डा.तोषिमा कार्कीले सभापति रवि लामिछाने विरुद्धको षड्यन्त्र जस्तो भाष्य बनाएर नबुझ्न फेरी आग्रह गरेकी छिन् । पार्टीलाई थप सबल सुदृढ बनाउन खोजिएको प्रयासलाई गलत अर्थले नबुझ्न आग्रह गरेकी हुन् ।
सामाजिक सञ्जाल मार्फत कार्कीले रास्वपालाई समय सापेक्षिक रूपमा मध्यममार्गी मुलधारको मुख्य राजनैतिक शक्तिको रूपमा विकास गर्दै वैकल्पिक शक्ति, नागरीक समाज र जेनजी सबैलाई समेट्नका लागी पार्टीमा सांगठनिक र वैचारिक पुनःगठन पुनरवलोकन आवश्यक छ भन्ने उनले स्पष्ट पारेकी छिन् ।
‘पार्टीलाई थप लोकतान्त्रिक र समय सापेक्षिक रूपान्तरित बनाउने मेरो प्रयास तपाईंहरूको विचारभन्दा फरक भयो भन्दैमा सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट निरन्तर प्रहार गरेर यो मेरो धैर्यलाई च्यालेन्ज नगरिदिनुहोला।’–उनले लेखेकी छिन् ।
मेरा अनुरोध स्पष्ट छन्।
१० विस्तारीत बैठकमा सङ्गठनका साथीहरुको महत्वपूरण र सक्रिय सहभागताको लागि अनुरोध गर्दछु।
२० बैठकमा प्रस्तुत हुने राजनैतिक र साङ्गठनिक प्रतिवेदनमाथि सहभागिहरुले राय राख्ने मात्र होईन प्रतिवेदनहरुलाई स्विकार्नेरअस्विकार गर्नेर तोकिएका संसोधन सहित स्विकार्न पाउने गरी भोटिङ राईट दिईनुपर्छ।
३० न्भलश आन्दोलन पछिको रास्वपालाई यथास्थितिमा रहेर वैकल्पिक शक्तिहरुलाई नसमेटि आसन्न चुनावमा एक्लै जाने छुट छैन। हामी उदार हुनुपर्छ। केन्द्री सचिवालय, पदाधिकारी, समितीको संरचना र नेतृत्वमा पुनरावलोकन पुनर्गठन गरेर वैकल्पिक शक्ति सबैको साझा प्लेटफर्म बन्नुपर्छ।
अब यहि कुरामा पटक पटक स्पष्टिकरण दिन वाध्य नपार्नुहोला बरु आउनुस् एक कदम अघि बढेर रिफर्मेसनका मोडालिटीमा बसह गरौँ।


