विश्वप्रकाशले किन मनाएनन् तिहार ?

काठमाडौं,७ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तिहार मनाउन नसकेको भन्दै शुभचिन्तकसँग माफी मागेका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा युवाहरूको ज्यान जोगाउन नसकेको र देश जल्न नदिन सार्थक हस्तक्षेप गर्न नसक्नुको पीडा बोकेर तिहार मनाउन नसकेको भन्दै शर्माले शुभचिन्तकसँग माफी मागेका हुन् ।
शर्माले आफूलाई निरन्तर टेलिफोनमा देउसी, भैलो, भाइटीकाबारे प्रश्न आइरहेको भए पनि तिहार मनाउन नसकेको सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन् ।
महामन्त्री शर्माले भनेका छन्, ‘केही मित्रको टेलिफोन जिज्ञासामा भन्ने गरेको छु, यसपालि देउसीमा घरको आँगनमा स्वागत गर्न सकेनौं, क्षमा पाउँ,दशैंको टीका र तिहारको भाइटीका लगाइएन यसपालि । भदौ २३ को प्रदर्शनमा त्यतिका अमुल्य जीवन गुम्न नदिन र २४ गते देश जल्न नदिन सार्थक हस्तक्षेप गर्न नसक्नुको पीडा बोकेर टीका लगाउन सकिएन ।’
‘तपाईंकोमा देउसी खेल्न आउने भनेको, यतै हुनुन्छ कि उता ?
केही मित्रको टेलिफोन जिज्ञासामा भन्ने गरेको छु( यसपालि देउसिमा घरको आँगनमा स्वागत गर्न सकेनौं, (क्षमा)पाउँ ?
दशैंको टिका र तिहारको भाइटिका लगाइएन यसपालि भदौ २३ को प्रदर्शनमा त्यतिका अमुल्य जीवन गुम्न नदिन र २४ गते देश जल्न नदिन सार्थक हस्तक्षेप गर्न नसक्नुको पीडा बोकेर टीका लगाउन सकिएन ।
हरेक बर्ष मेचिनगर धुलाबारीको आँगनमा दुइसय बढी देउसी टिमलाई स्वागत गरिन्थ्यो िलक्ष्मीपुजादेखी भाइटिका सकिएर पनि अझै २ दिनसम्म बिहान ७.०० बजेदेखी राति २.०० बजेसम्म गाउँले साथिभाई, संघसंस्था, व्यक्तिगत भेटघाट, शुभकामना साटासाट बेग्लै रौनक हुन्थ्यो धुलाबारीमा तर यसपालि मनले त्यो मागेन, मानेन, खोजेन आगजनीमा परेको धुलाबारीको घरमा यसपालि तिहारको बत्ती बलेन ।
काठमाडौमा रहेकोे डेरापनि आगजनीमा परेपछि, डेराबाट पनि डेरामा सर्नुपर्दा यहाँ पनि देउसिलाई स्वागत गर्न सकिएन यसबाट पर्न गएको असुविधाप्रती सबै आदरणीय मित्रहरूसँग (नम्रतापुर्वक) क्षमा)चाहन्छु ।
अपेक्षा राखौं –हामी सबै बदलिनेछौं र समाज बदल्नेछौं बदलाको भाव, वैरभाव कसैप्रती पनि नराखौं यहि नै हाम्रा धर्मशास्त्रहरुको पनि सार हो यहि स्मरणसाथ सबैलाई तिहारको शुभकामना ।