उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि कसले गरे दुर्व्यवहार ?

काठमाडौं, ५ कात्तिक। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
अधिकारीमाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।
हेम तामाङ, रामेछापका सिर्जन अधिकारी र काभ्रेका कोकिल बहादुर शाही पक्राउ परेका छन् । उनीहरूलाई गएराति र बुधबार बिहान पक्राउ गरिएको हो ।
उनीहरूमाथि अनुसन्धान भइरहेको र किन दुर्व्यहार गरे भन्ने बुझ्ने काम भइरहेको प्रहरीले बताएको छ ।
सोमबार साँझ अधिकारी आफ्नो घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरेका थिए ।