३१ आश्विन २०८२, शुक्रबार | October 18, 2025

काठमाडौँका यी स्थान वरपर विरोधका कार्यक्रम गर्न पाइदैन् !


October 17, 2025
83
Shares

काठमाडौँ,३१ असोज। काठमाडौँका विभिन्न पाँच क्षेत्रहरूमा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

दुई महिनासम्म शितल निवास, नाराहिटी दरबार मार्ग, सिंहदरबारलगायतका स्थानमा पाँच जनाभन्दा बढी भेला भई प्रदर्शन,धर्ना,जुलुस जस्ता विरोधका कार्यक्रम गर्न नपाइने भएको हो ।

विरोधका कार्यकमहरू आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदङ्गा वा अशान्ति हुनसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले विरोधका कार्यक्रमहरू निषेध गर्न शुक्रबार आदेश जारी गरेका हुन् ।

प्रतिक्रिया