राष्ट्रपति–जेनजी वार्ता जारी, को–को सहभागी भए ?
काठमाडौं,३० असोज। राष्ट्रपति रामचन्द्र पौडेल र जेनजीबीच आज वार्ता जारी रहेको छ ।
गत सोमबारको लागि तय भएको वार्ता राष्ट्रपति पौडेल बिरामी भएपछि स्थगित भएको थियो । आज ५ बजेपछि लागि वार्ता चलिरहेको सीतलनिवास स्रोतले जनाएको छ ।
वार्तामा राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरू पनि सहभागी छिन् । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री कार्की जेनजीहरूसँगको वार्ताका लागि शीतलनिवास पुगेकी हुन् ।
बैठकमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी लगायत सहभागी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।