फेरी काठमाडौंमै भयो महिलाको हत्या

काठमाडौं,२७ असोज । प्रत्येक दिन हत्या हिंसाका समाचार आइरहेका हुन्छन् । कतिका परिवार विदेशमा हुन्छन त कतिका परिवार साथमै भएपनि हत्या हिंसाका घटना भइरहेका हुन्छन् । तुलनात्मक हिसाबले महिलाहरुको धेरै हत्या भएको देखिन्छ ।
आज काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकमा ४० वर्षीया विमला तामाङ भनिने अप्सरा कार्कीको हत्या भएको छ ।
हत्या आरोपमा उनकै श्रीमान् ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
संखुवासभा खाँदबारी नगरपालिका–६ घर भएका शेर्पाले आइतबार श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ। अप्सरा आफ्नो डेरा कोठामा आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी थिइन् ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू बिच वादविवाद भई झगडा हुँदा तेन्जिङले कुटपिट तथा ढुंगा प्रहार गरी अप्सराको हत्या गरेको खुल्न आएको छ ।