बाढीपहिरोले कहाँ कति क्षति

काठमाडौं, १९ असोज । अविरल वर्षाले आएको बाढीपहिरोका कारण देशभर क्षति पुगेको छ । सबैभन्दा बढी क्षति पूर्वी नेपालमा भएको छ ।
बाढीपहिरोका कारण ४९ जनाको मृत्यु भएको छ । २० जना घाइते भएको सरकारले जनाएको छ । ७ जना वेपत्ता छन् ।
सबैभन्दा बढी इलाममा ३७ जनाको मृत्यु भएको छ । त्यहाँ ७ जना घाइते भएका छन् ।
उदयपुरमा २, रौतहटमा ३ जनाको मृत्यु भएको छ । रसुवामा ४ र काठमाडौंमा १ जना वेपत्ता छन् । पाँचथरमा बाढीपहिरोका क्रममा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् ।