बाढीपहिरोले क्षति पुर्याएकोमा मोदी दुःखी, सहयोग गर्ने प्रतिवद्धता

काठमाडौं, १९ असोज । नेपालमा बाढीपहिरोले जनधनको क्षति पुर्याएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । आइतबार ट्वीट गर्दे मोदीले कठिन समयमा नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताएका छन् ।
मोदीले नेपाललाई आवश्यक पर्ने कुनै पनि खाले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले नेपाल भारतको मित्रवत छिमेकी भएकोले पहिलो रेस्पोन्डरका रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
नेपालीहरु दशैं मनाइरहँदा अविरल वर्षाले ठूलो जनधनको क्षति भएको छ । दर्जनौं मानिसको मृत्यु भएको छ भने कैयन वेपत्ता छन् ।
मुख्य राजमार्गहरु अवरुद्ध छन् । नेपाल यतिबेला कठिन समयमा छ ।