२३ आश्विन २०८२, बिहिबार | October 10, 2025

लद्दाख हिंसाको ‘पाकिस्तान साइनो’ खुल्यो, सोनामलाई आइरिएको पैसाको अनुसन्धान


September 27, 2025
498
Shares

एजेन्सी, ११ असोज । भारतको लद्दाखमा भएको हिंसात्मक प्रदर्शनको पाकिस्तान साइनो खुलेको छ । सरकारविरोधी विरोधका क्रममा बुधबार भारतीय जनता पार्टीको कार्यालय जलाइएको घटनाका मुख्य पात्र सोनाम वाङचुकको पाकिस्तान साइनोबारे त्यहाँका उच्च प्रहरी अधिकारीले खुलासा गरेका छन् ।

वाङचुक प्रदर्शन अघि सीमा पारी गएको र पाकिस्तान केन्द्रित अधिकारीहरुसँग भेटेको लद्दाख प्रहरीका डिजीपी एसडी सिंह जमवालले बताएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

अनुसन्धानकर्ताहरुले योजनावद्ध तरिकाले हिंसा भड्काउन पहिल्यै काम भएको जमवालले बताए । सोनामको सम्बन्ध रहेका भनिएका पाकिस्तानी जासुस पनि पक्राउ परेका छन् ।

सोनाम वाङचुकले अरब स्प्रिङ,नेपाल र बँगलादेशको सत्ता परिवर्तको विषयलाई जोडतोडले उचालेको इतिहासबारे पनि लद्दाख प्रहरीले उल्लेख गरेको छ । उनले विदेशबाट प्राप्त गरेको रकम कानूनविपरित भएकोबारे पनि अनुसन्धान भइरहेको बुझिएको छ । सोनामलाई ठूलो रकम प्राप्त भइरहेको खुलेको छ ।

बुधबार लद्दाखको घटनामा ४ जनाको ज्यान गएको थियो । घटनामा ठूलो भौतिक क्षति पुर्याइएको छ ।

जमवाल प्रहरी नियन्त्रणमा छन् । उनी रोमन म्यागासेसे पुरस्कार विजेता हुन् ।

प्रतिक्रिया