ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री र सेनापतिसँग किन एकसाथ भेटे

एजेन्सी, १० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई भरपर्दो मित्रका रुपमा लिन थालेका छन् । एशियामा अमेरिकाले भारत र चीनबाट कडा चुनौती भोगिरहँदा पाकिस्तानलाई साथमा लिएर बढ्न खोजेका छन् ।
ट्रम्पले बिहिबार पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफ र सेनापति असिम मुनिरलाई एकसाथ भेटे । ओभाल अफिसमा भएको भेटमा उनले दुवैको खुबै प्रशंशा गरे ।
सरिफ ट्रम्पसँग भेट्ने आथ इस्लामिक देशका नेतामध्ये एक थिए । इस्लामिक देशहरुसँग ट्रम्पले निकट सम्बन्ध बनाउँदै लगेका छन् । विगतमा उनी पाकिस्तानीलाई आतंकवादीको भूस्वर्थ भन्थे ।
पाकिस्तानी सेनापति मुनिरले यसै वर्ष दुईपटक अमेरिका भ्रमण गरिसकेका थिए । यो उनको तेस्रो भ्रमण हो । ट्रम्पसँग उनले भेट बाक्लो बनाएका छन् ।
भारतलाई चुनौती दिने कार्डका रुपमा अमेरिकाले पाकिस्तानलाई देखेको छ । उसले पाकिस्तानलाई भारत र चीन दुवैविरुद्ध प्रयोग गर्ने परिस्थिति विकास भएको विश्लेषण गरिएको छ ।