सुशीला सरकारमा थपिएका पाँच मन्त्री को को

काठमाडौं, ५ असोज । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिमण्डल विस्तार भई ९ सदस्यीय बनेको छ । कार्कीले सिफारिश गरेबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ पाँच मन्त्रीलाई नियुक्त गरेका हुन् ।
मन्त्री नियुक्त भएकाहरुमा पूर्वन्यायाधीश अनिल कुमार सिन्हा कानून, उद्दोग वाणिज्य र भूमीसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । महावीर पुन शिक्षा, डा. संगिता मिश्रा स्वास्थ्य, जगदीश खरेल सञ्चार र डा. मदन परियार कृषि मन्त्री बनेका छन् ।
मन्त्रिमण्डलमा लोकप्रीय अनुहारलाई महत्व दिइएको छ । हालसम्म मन्त्री बनेकाहरु सबैजसो लोकप्रीय अनुहार हुन् । उनीहरुले संकटको घडीमा कसरी सरकारको कार्यसम्पादन गर्नेछन् भन्ने चासो बनेको छ ।