५ आश्विन २०८२, आइतबार | September 21, 2025

कुलमानले हितेन्द्रलाई हटाए मनोजलाई ल्याए


September 21, 2025
166
Shares

काठमाडौं, ५ असोज । ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाउन लगाएका छन् । उनले मन्त्रिपरिषदमा प्रस्ताव नै लगेर हितेन्द्रलाई ऊर्जा आयोगमा सरुवा गराएका छन् ।

प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन् । शाक्यलाई ऊर्जा आयोगको विज्ञका रुपमा पठाइएको छ ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले कुलमानलाई हटाएर हितेन्द्रदेवलाई ल्याएको थियो । कुलमानले पनि सत्तामा आएपछि हितेन्द्रलाई हटाएका छन् ।

प्रतिक्रिया