माओवादीमा भाडभैलो

काठमाडौं, ५ असोज । नेकपा माओवादी केन्द्रमा भाडभैलो हुन थालेको छ । अध्यक्ष प्रचण्डको राजीनामा मागिएपछि भाडभैलो मच्चिएको हो ।
प्रचण्डले सबै कमिटि भंग गरेर मंसिरमा विशेष महाधिवेशनले छान्ने प्रस्ताव गरेका छन् । प्रभावशाली नेता जर्नादन शर्माले नेतृत्व परिवर्तनको प्रस्ताव राखेपछि तरंग आएको छ ।
जेन जी आन्दोलनपछि माओवादीभित्र पनि नेतृत्व परिवर्तनको मुद्दा पेचिलो बनेको छ । अध्यक्ष प्रचण्डलाई नेता शर्माले चुनौती दिएका छन् ।
प्रचण्डले माओवादी छिन्नभिन्न हुने खतरा पनि देखिसकेका छन् । यसकारण उनी पार्टी जोगाउन नयाँ रणनीतिमा लागेका हुन् । तर, त्यो सजिलो छैन ।
३० वर्ष मुनीको पुस्ता माओवादी त के कम्युनिस्ट पनि बन्न तयार नभएपछि नयाँ घटना विकास भएको छ ।