४ आश्विन २०८२, शनिबार | September 20, 2025

अमेरिका फेरि अफगानिस्तानमा पस्दै


September 20, 2025
0
Shares

एजेन्सी, ४ असोज । अमेरिका फेरि अफगानिस्तानमा पस्ने तयारीमा देखिएको छ । तालिवानले अफगानिस्तान कब्जा गरेपछि अमेरिकी सेना फिर्ता भएका थिए । तर, फेरि अमेरिकी सेना अफगानिस्तान पस्ने तयारीमा पुगेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरपूर्वी अफगानिस्तानको बहग्राम हवाई अड्डामा पुनः नियन्त्रण बनाउन चाहेको बताएका छन् । २०२१ मा उक्त हवाईअड्डाबाट अमेरिकी सेना फिर्ता भएको थियो । २००१ मा अमेरिकी सेना अफगानिस्तानमा छिरेर २० वर्ष बसेको थियो ।

चीनले आणविक हतियार बनाउने स्थानबाट बहग्राम हवाई अड्डा एक घन्टाको दूरीमा रहेको समेत ट्रम्पले बनाएका छन् ।

प्रतिक्रिया