३ आश्विन २०८२, शुक्रबार | September 19, 2025

भारत र चीनलाई धम्क्याएर ट्रम्पले नसक्ने रुसको ठोकुवा


September 19, 2025
0
Shares

एजेन्सी, ३ असोज । भारत र चीनलाई धम्क्याएर अमेरिकाले नसक्ने टिप्पणी रुसी विदेशमन्त्री सेरगेई लेभरोभले गरेका छन् । उनले दुवै देशलाई प्राचीन सभ्यता भन्दै अमेरिकाको केही नलाग्ने टिप्पणी गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीन दुवैमाथि टारिफ बढाएका छन् । रुसी तेल खरिद रोक्न उनले गरेको कदम काम लागेको देखिएन । यसलाई लिएर रुसले झन् कडा टिप्पणी गरेको छ ।

भारत र चीनले रुसी तेल खरिद गरेर मनग्ये लाभ लिइरहेका छन् । यसलाई लिएर अमेरिका गम्भीर बनेको छ ।

प्रतिक्रिया