२३ आश्विन २०८२, बिहिबार | October 9, 2025

सुदन गुरुङको हामी नेपालीलाई सहयोग गर्ने को को


September 18, 2025
415
Shares

काठमाडौं, २ असोज । जेन जी आन्दोलनबाट चर्चामा आएको छ हामी नेपाली र त्यस संस्थाका हर्ताकर्ता सुदन गुरुङ । उनले दशौं करोड रुपैयाँ विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थाबाट पाउँदै आएको तथ्य फेला परेको छ ।

सुदन गुरुङको नाम फ्रि तिब्बत गतिविधिसँग पनि जोडिएको छ । यसले उनी झन् विवादमा परेका छन् ।

जेन जी आन्दोलनमा सुरुमा स्वयंसेवकका रुपमा पसेका उनी पछि आफै आन्दोलनकारी बने । सत्ता पल्टाउने खेलमा उनको नाम पनि आयो ।

सुदन गुरुङको हामी नेपालीलाई अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकाकोला, स्टुडेन्ट फर फ्रि तिब्बत, अल जजिरा, चौधरी ग्रुपको चाँदबाग, च्याम्बर्स आइरल्यान्ड, साहिल र सुलभ अग्रवालको शंकर ग्रुप, पञ्चकन्या समूह, गोल्ड स्टार जुत्ता कम्पनी, हाइ लाइफ, गोर्खा वेलफेयर ट्रष्ट, भाइबर, होटल मुलबरी, होटल याक एन्ड यती, दराजलगायत दर्जनौं कम्पनीले सहयोग गर्दै आएको तथ्य फेला परेको छ । उनीहरु सहयोगी संस्था भएको वेवसाइटमै उल्लेख छ ।

बारबरा एडम्स फाउण्डेशन, पाकिस्तानी मुस्लिम संघ देखि नेपालका तारे होटलका मालिकहरु समेत हामी नेपालीको सहयोगीको सूचीमा भेटिएका छन् । यो संस्थालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पनि सहयोग गर्दै आएको तथ्य पत्ता लागेको छ ।

अमेरिकी र यूरोपेली कम्पनी देखि मुस्लिम देशहरुका संस्थाबाट पनि हामी नेपालीले सहयोग लिदै आएको भेटिएको छ । उक्त संस्थाको देशभर नेटवर्क रहेको र त्यसमार्फत् सामाजिक कार्य गरेको भनिएपनि राजनीतिक आन्दोलनमै सुदन गुरुङको सहभागितले आशंका जन्माएको छ ।

प्रतिक्रिया