२२ मंसिर २०८२, सोमबार | December 8, 2025

बालेन विदेशी कठपुतली भएको हर्कको आरोप


September 16, 2025
249
Shares

काठमाडौं, ३१ भाद्र। काठमाडौंका मेयर बालेन शाहमाथि धरानका मेयर हर्क साम्पाङले विदेशीको कठपुतली भएको आरोप लगाएका छन् । शाहको व्यङ्ग्यात्मक प्रेम प्रस्तावपछि आक्रोशित बनेका साम्पाङले उनलाई विदेशीको कठपुतली बनेको आरोप लगाएका छन् ।

फेसबुक स्टाटसमा साम्पाङले लेखेका छन्, ‘देश जलाएर खरानीको व्यापार ! विदेशीको कट्पुतली बनेर रमाइलो गर्दै लभ को कुरा ! मुखमा राम राम बगालीमा बम्फक !’

जेजी आन्दोलनपछि काठमाडौं आएर प्रधानमन्त्रीको दाबी गरे पनि सफल नभई ‘रित्तो हात धरान फर्केको’ भन्दै भएका आलोचनाहरूप्रति पनि उनले जवाफ दिएका छन् । ‘रित्तो हात धरान फर्के भन्नेहरुलाई के थाहा जन्मेको रित्तै हो १ मरेर जाने नि रित्तै हो१’ उनले लेखेका छन्, ‘मैले व्यक्तिगत प्राप्तिको आशा बोकेको हो र रु देश सङ्कटमा परेको बेला देश बचाउन निस्केको पो त !’

प्रतिक्रिया